महामारीका फ्रण्टलाइनर चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम

महामारीका फ्रण्टलाइनर चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम शुरु गरेको छ ।

अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिने भर्चुअल तालिम शुरु गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन,औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामाग्रीले मात्रै नहुने भएकाले स्वास्थ्यकर्मी सुरक्षित रहँदै प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ ।

तालिममा आफू सुरक्षित रहेर संक्रमित बिरामीको व्यवस्थापन, अक्सिजन तथा भेन्टीलेटरलगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुरामा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गराइने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिनुभयो ।

विश्वस्वास्थ्य संगठनलगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित उक्त तालिममा १ सय जना चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई सहभागी गराइने रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५ वटा समूहमा विभाजन गरेर हरेक दुई दिनको दरले १० दिनसम्म तालिम सञ्चालन हुनेछ ।

टिप्पणीहरू