मन्त्रीको फेसबुके सूचनामा भाषाको बिजोग

मन्त्रीको फेसबुके सूचनामा भाषाको बिजोग

नेपाली भाषाको सरकारी निकाय र तहबाटै ‘दाहसंस्कार’ हुँदै आएको छ । केही समयअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा आफ्नै नेताहरुमाथि सोधिएको स्पस्टिकरण पत्रमा नेपाली भाषाको बिजोग देखिएको थियो । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसैको सिको गरेको छ ।

सोमबार मन्त्रालयको आधिकारिक फेसबुक पेजमा राखिएको एउटा सूचनामा अर्थको अनर्थ हुने गरी नेपाली भाषा लेखिएको थियो । नेपाली भाषाको शुध्दाशुध्दि सरकारीस्तरबाटै हराउँदै जान थालेको भाषाविद्हरु बताउँछन् ।मन्त्रालयद्वारा जारी सूचनामा ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री हृदयेश त्रिपाठीज्यूको अभिभाकत्वमा आज मिति २०७७/०२/१० गते दिउँसो ३:०० बजे भर्चुअल प्रेस बिज्ञप्ति हुने भएकाले यसै फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने हुँदा सबैमा अनुरोध छ’ भनिएको थियो ।

टिप्पणीहरू