आज १ सय ६ को निधन, संक्रमितभन्दा ३ सय बढी निको भए

आज १ सय ६ को निधन, संक्रमितभन्दा ३ सय बढी निको भए

कोरोनाबाट आज १ सय ६ जनाको ज्यान गएको छ भने ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ४ सय १४ पीसीआर तथा ५ सय ७८ जनामा एन्टिजेन गरी २० हजार ९ सय ९२ जनामा परीक्षण गरिएको थियो ।

आज ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

आज १ लाख २३ हजार४ सय २७ जना सक्रिय संक्रमित छन । त्यस्तै, हालसम्म ४ लाख १८ हजार ८ सय २९ जना निको भइसकेका छन् ।

आज पनि १ हजार ९ जना क्वारेन्टिनमा रहेका छन् ।

टिप्पणीहरू