अर्को शुक्रवारको पर्खाइ,१९ वटै रिट संवैधानिक इजलाशमा

अर्को शुक्रवारको पर्खाइ,१९ वटै रिट संवैधानिक इजलाशमा

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिटलाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले भोलि शुक्रवार बस्ने संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको छ ।

आज राणाको एकल इजलासमा भएको सुनुवाईपछि उक्त आदेश आएको हो । रिट निवेदकहरुको मागबमोजिम इजलासबाट अन्तरिम आदेश भने जारी भएको छैन ।

१९ रिट संवैद्यानिक इजलाशमा पठाउन आदेश,अन्तरिम आदेश दिइएन्

आजको पहिलो बहसमा अधिवक्ता वीरभद्र जोशीले सर्वाेच्चको यसअघिको आदेशअनुसार प्रतिनिधिसभा भंग गर्न नमिल्ने भएकाले प्रथमदृष्टिमै बदरभागी रहेको बताउनुभएको थियो । उहाँले धारा ७६ (५) को सरकार गठन गर्ने मौकै नदिई राष्ट्रपतिले मध्यरात संसद बिघटन गरेको जिकिर गर्नुभएको थियो ।

७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत लिनु पर्नेमा ७६ (५) विघटनमा जानु गैरसंवैद्यानिक कदम भयो अधिवक्ता तुलसी पराजुली

उहाँले ‘प्रधानमन्त्रीले भन्नुभएको मार्गप्रशस्त के हो ? राजिनामा हो कि होइन भन्ने स्पष्ट छैन । यसकारण संसद पुनर्स्थापना हुनुपर्दछ’ भन्नुभएको थियो ।

त्यसपछि बहस गर्नुभएका अधिवक्ता तुलसी पराजुलीले संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत लिनुपर्नेमा ७६ (५) बमोजिमको विघटनमा जानु गैरसंवैधानिक कदम भएको बताउनुभएको थियो ।

टिप्पणीहरू