इजलासमा पाँच जना मात्रै वकिल बस्न आदेश

इजलासमा पाँच जना मात्रै वकिल बस्न आदेश

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले इजलासमा पालोअनुसार ५ जना मात्रै रिट निवेदक तथा कानुन व्यवसायी बस्न आदेश दिनुभएको छ ।

आदेशपछि अहिले सर्वोच्चको पूर्ण इजलास नम्बर १ मा पुगेका कानुन व्यवसायी तथा रिट निवेदकहरु पालो कुरेर बाहिर बसेका छन् ।

राणाको इजलासमा आज प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटा रिटउपर बहस हुँदैछ । पाँच जनाको दरले चार पटकमा सबैको इजलासभित्र छिर्ने पालो आउने भएको छ ।

टिप्पणीहरू