नेकपादेखि एमालेसम्मको विभाजन : यस्तो छ फिल्डको अवस्था

नेकपादेखि एमालेसम्मको विभाजन : यस्तो छ फिल्डको अवस्था

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमतसहित पुन: प्रधानमन्त्री बन्ने दाबी गरिरहँदा फिल्डको अवस्था भने फरक रहेको एक अध्ययनले देखाएको छ ।

अर्थ-राजनीतिक विश्लेषक हरि रोका,चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की र वरिष्ठ पत्रकार तथा लेखक र काठमाण्डौका पूर्व साँसद नारायण ढकालले २१ दिन लगाएर गरेको अध्ययनमा प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत रहेको पूर्वी नेपालका अधिकांश जिल्लामा माधव-खनाल पक्ष कमजोर नरहेको विश्लेषण गरिएको छ ।

नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको पूर्वी नेपालका खोटाङ्ग,भोजपुर,संखुवासभा, धनकुटा, तेह्रथुम,ताप्लेजुङ,पाँचथर र झापामा गरिएको सर्वपक्षीय अन्तरक्रियामा यस्तो निचोड आएको हो ।

नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको पूर्वी नेपालका खोटाङ्ग,भोजपुर,संखुवासभा, धनकुटा, तेह्रथुम,ताप्लेजुङ,पाँचथर र झापामा गरिएको सर्वपक्षीय अन्तरक्रियामा यस्तो निचोड आएको हो ।

अन्तरक्रियामा सर्वसाधारण, राजनीतिक दलका भात्री संगठन, जनप्रतिनिधि,युवा,विद्यार्थी लगायतलाई सहभागी गराइएको थियो । अध्ययनका क्रममा सहभागीहरुका व्यक्त र अव्यक्त धारणालाई विश्लेषण गर्दा ओलीको लोकप्रियता खस्किएको पाएको विश्लेषक रोक्काले बताउनुभयो ।

अन्तरक्रियामा सहभागीहरुको मनोविज्ञान हेर्दा माओवादी केन्द्र र माधव नेपाल-झलनाथ खनाल मिलेर निर्वाचनमा जाँदा एकदम बलियो पार्टी बन्ने देखिएको उहाँले बताउनुभयो । त्यस्तै कार्यकर्ताको तहमा ६५ र ३५ को अनुपात विश्लेषण गरिएको रोकाले बताउनुभयो ।

“दश बर्षदेखि राजकीय सत्ता बाहिर रहेको प्रचण्ड-नेपाल कमजोर देखिन्न,पुरानो पंक्ति प्लास्टरजस्तो भएर बसेको पाइयो,पद जाला र अरु अवसर नपाइएला भन्ने स्थानीय जनप्रतिनिधिहरु र तीमार्फत प्राकृतिक र अन्य श्रोत साधन उपभोग गरिरहेको,जबज,एमाले र सूर्य तीन शव्द मात्रै कण्ठ पारेको युवा पुस्ताले भने ओलीतिरै आफ्नो भविष्य देखेको पाइयो”

“सिङ्गो नेकपाको अवस्थालाई हेर्दा दश बर्षदेखि राजकीय सत्ता बाहिर रहेको प्रचण्ड-नेपाल कमजोर देखिन्न,पुरानो पंक्ति प्लास्टरजस्तो भएर बसेको पाइयो,पद जाला र अरु अवसर नपाइएला भन्ने स्थानीय जनप्रतिनिधिहरु र तीमार्फत प्राकृतिक र अन्य श्रोत साधन उपभोग गरिरहेको,जबज,एमाले र सूर्य तीन शव्द मात्रै कण्ठ पारेको युवा पुस्ताले भने ओलीतिरै आफ्नो भविष्य देखेको पाइयो,” रोक्काले भन्नुभयो ।

अध्ययनले केही जनप्रतिनिधि भने दोधारे मनस्थितिमा रहेको देखाएको छ । विभिन्न बाध्यता र पदीय प्रलोभनका कारण उनीहरु सत्ता पक्षसँग नजिकिएको तर कार्यकर्ताको तहमा भने सत्ताइतर समूह बलियो देखिएको ढकालले बताउनुभयो ।

अन्तरक्रियाका सहभागीहरुले प्रधानमन्त्री ओलीले पावरको मिसयुज गरेको,आफ्नै प्रतिवद्धता पूरा नगरेको,राजनीतिक नैतिकता नदेखाएको जस्ता गुनासा गरेका थिए ।

रोकाका अनुसार ओलीको समर्थनमा रहेका अधिकांश मानिस आँधीहुरीजस्ता, असहिष्णु र गैरराजनीतिक चरित्रका पाइएको थियो ।

अध्ययनका लागि रोकासहितको टोलीले अन्तरक्रियात्मक मेथड अपनाएको थियो ,अन्तरक्रियाका सहभागीहरुका धारणालाई विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो ।

अन्तरक्रिया कार्यक्रमको समन्वय पत्रकार महासंघले गरेको थियो भने राजनीतिक दलका कार्यकर्ता र सांसदहरुले सहयोग गरेका थिए ।

टिप्पणीहरू