बजारमा नेपाली नोट र सिक्काको इतिवृत्तान्त समेटिएको पुस्तक

बजारमा नेपाली नोट र सिक्काको इतिवृत्तान्त समेटिएको पुस्तक

नेपालमा कागजी मुद्राको विकासक्रम र यसबारेको नयाँ पुस्तक निषेधाज्ञाकै समय बजारमा आएको छ ।

नेपालको लिच्छवीकालीन मुद्रादेखि नेपाल राष्ट्र बैंकले आजसम्म प्रकाशन गरेका कागजी मुद्राको सचित्र विवरण उल्लेख गरिएको रंगीन पुस्तक श्याम खतिवडाले लेखेका हुन् ।

पुस्तकमा नेपाल राष्ट्र बैंकले निश्कासन गरेका संस्मरणात्मक सिक्काहरुको समेत राम्रोसँग जानकारी दिइएको छ । उनले नेपाली नोटमा रहेका प्राविधिक विवरणहरुको समेत पुस्तकमा चर्चा गरेका छन् ।

खतिवडाले बैंकले अवलम्बन गरेको सफा नोट नीति,बजारमा देखिने जाली नोटको समस्या र समाधानका उपायहरुबारे पनि चर्चा गरेका छन् । उनी भन्छन् ‘यो मेरो दोस्रो प्रयास हो । पहिलोमा भएका केही कमजोरीलाई सुधारेर पाठकको रुची र आवश्यकतालाई समेटेको छु ।’

नेपाल राष्ट्र बैंकमा कार्यरत खतिवडाले पुस्तक नेपाली मुद्रा र सिक्काको बारेमा जानकारी लिन चाहने जोसुकैलाई पनि उपयोगी रहेको बताएका छन् ।

टिप्पणीहरू