प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको पुत्ला दहन

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको पुत्ला दहन

सिरहाको सखुवा नन्कारकट्टीमा आज जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुरको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओली प्रतिगमनकारी र अध्यक्ष ठाकुर उनको मतियार भएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । प्रतिमनकारीलाई साथ दिने ठाकुर पनि प्रतिगामी भएकाले बिरोधस्वरुप उनीहरूको पुत्ला जलाइएको जसपाका स्थानीय नेताहरूले बताएका छन् ।

पछिल्लो राजनीतिक घट्नाक्रममा अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री ओलीको साथमा छन् । जसपाका धेरैजना नेतालाई ओली सरकारमा मन्त्री बनाइने चर्चा समेत चलेको छ । सोही दलका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई काँग्रेस–माओवादी केन्द्रसँग नजिक देखिनुभएको छ ।

सत्ता स्वार्थका लागि नेताहरू विभाजित भएपछि कार्यकर्ताहरू समेत विभाजित भएका हुन् । दुबै पक्षका नेता तथा कार्यकर्ताले अर्को समूहका नेताहरूको पुत्ला जलाउने र बिरोध गर्ने क्रम २ नम्बर प्रदेशमा बढेको बताइन्छ ।

टिप्पणीहरू