उदयपुरमा पुग्नै लाग्यो हजार

उदयपुरमा पुग्नै लाग्यो हजार

निषेधाज्ञाको बावजुद पनि उदयपुरमा कोभिड १९ बाट संक्रमितहरुको संख्या वृद्धि भई हजार पुग्न लागेको छ । बुधबार साँझसम्मको रिपोर्ट अनुसार उदयपुरमा कोरोना संक्रमितको संख्या नौ सय ६२ जना पुगेको छ ।

संक्रमितहरुमध्ये धेरै जसो होम आइसोलेशनमा बसेर उपचार गरिरहेका छन भने केहीको उदयपुर कोभिड १९ अस्पताल सातधारे बेल्टार, कटारी अस्पताल र उदयपुर अस्पतालको साथै पालिकाहरुले निर्माण गरेको आइसोलेशन सेन्टरमा भइरहेको छ ।

आज थपिएका संक्रमितहरुमध्ये त्रियुगा नपा ४८, कटारी नपा २६, बेलका नपा ७ रहेका छन । त्यसैगरी रौतामाई गापा ३८, लिम्चुङ्गबुङ गापा १द्द र उदयपुरगढी गाउँपालिकाका ८ जना गरी १ सय ३७ जना छन् ।

वैशाख २२ गतेदेखि निषेधाज्ञा शुरु भएको यस जिल्लामा सुरुका दुई हप्ताको तुलनामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको हो ।

अहिलेसम्म निको भएका कोरोना संक्रमितको संख्या १ सय ५४ जना रहेको छ भने २९ जनाले ज्यान गुमाएको देखिन्छ ।

टिप्पणीहरू