पोखरामा निमोनियाबाट गर्भवती शिक्षिकाको निधन

पोखरामा निमोनियाबाट गर्भवती शिक्षिकाको निधन

पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स माविमा कार्यरत एक शिक्षिकाको उपचार क्रममा निधन भएको छ ।

जनकपुर घर भई १२ वर्षदेखि कुमुदिनी होम्समा पठन पाठन गराउँदै आएकी ३६ बर्षीया दुर्गा भाटको स्थानीय चरक मेमोरियल अस्पतालको आईसीयुमा उपचार क्रममा हिजो निधन भएको हो । उनलाई कोरोना संक्रमण भए पनि निको पश्चातको निमोनियाले ज्यान गएको होम्सका संस्थापक अशोक पालिखेले बताएका छन् ।

शुरुमा फिस्टेल अस्पतालमा दुई दिन उपचार गरेपछि कोभिड उपचार केन्द्रअन्तर्गत चरकमा लगिएको थियो । कोरोना संक्रमणको उपचारपछि गर्भमा रहेको शिशुको निधन भएको थियो ।

टिप्पणीहरू