भारतीय डाक्टरहरूद्वारा रामदेवलाई पक्रन माग

भारतीय डाक्टरहरूद्वारा रामदेवलाई पक्रन माग

योगगुरु रामदेवले आधुनिक चिकित्साविरूध्द दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर भारतीय डाक्टरहरूले उनको चर्को विरोध गरेका छन् ।

केही दिनअघि रामदेवले आधुनिक चिकित्सा र औषधोपचारका कारण कोभिडका लाखौं संक्रमितको मृत्यु भएको बताउँदै अक्सिजन सिलिण्डरको खोजी गर्दै हिँडेका बिरामी र तिनका आफन्तको खिल्ली उडाएका थिए ।

‘योगगुरु भएकाले योगामा ध्यान दिनुहोला । औषधोपचारको जिम्मा डाक्टरहरूलाई छाड्नुहोस् ।’

भारतीय स्वास्थ्य मन्त्रीले रामदेवको भनाई वाहियात भएको बताएपछि उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् ।

आइतबार रामदेवले ट्वीटमार्फत विवादास्पद अभिव्यक्ति फिर्ता लिए पनि सोमबार उनले फेरि आधुनिक चिकित्साले मधुमेह र उच्च रक्तचापलगायत २४ वटा रोगको उपचार गर्न नसकेको भन्दै इण्डियन मेडिकल एसोसिएशनलाई पत्र नै पठाएका थिए ।

त्यसपछि डाक्टरहरूको रिसको पारो यति माथि उठ्यो कि उनीहरूले रामदेवलाई ट्वीटरमा जवाफ दिँदै भने ‘योगगुरु भएकाले योगामा ध्यान दिनुहोला । औषधोपचारको जिम्मा डाक्टरहरूलाई छाड्नुहोस् ।’

कतिपय डाक्टरले रामदेवलाई तत्काल पक्रेर कारबाही गर्नसमेत माग गर्दै सामाजिक सञ्जाल भरेका छन् ।

टिप्पणीहरू