महामारी शहरबाट गाउँ सर्यो, महोत्तरीका गाउँ धमाधम सिल

महामारी शहरबाट गाउँ सर्यो, महोत्तरीका गाउँ धमाधम सिल

कोरोना महामारी शहरबाट गाउँ सर्न थालेको छ । संक्रमणको कारण हालसम्म महोत्तरीमा ५९ जनाको ज्यान गएको छ । संक्रमित र ज्यान गुमाउनेको संख्या बढेपछि गाउँहरु सिल गर्न थालिएको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार महामारीको दर ५० प्रतिशतले उकालो लागेकाले गाउँ सिल गरिएको हो । गाउँ सिलपछि परीक्षणको दायरा बढाइएको उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार जिल्लाको भगाहवा गाउँपालिकाको वडा नं. ४ सीतापुर सिल गरिएको छ । सोही गाउँपालिकाको वडा नं. ३ र ४ मा दुई जनाको ज्यान गएको र परीक्षण नगराएकाको समेत भटाभट मृत्यु हुन थालेपछि परीक्षण थालिएको हो ।

हिजो गरिएको परीक्षणमा वडा नं. ४ का ५० प्रतिशतभन्दा बढिमा संक्रमण पुष्टि भएको छ । त्यसपछि गाउँ सिल गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै,जिल्ला स्वास्थ्य शाखाकी फोकल पर्सन प्रतिभाकुमारी सिंहका अनुसार वडा नं. १, ३ र ४ मा गरी कूल ८ जनाले ज्यान गुमाएका छन् । वडा नं. ३ मा स्वास्थ्य टोली खटाएर परीक्षण गर्न थालिएकाे उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू