कुटपिटबाट १ को मृत्यु, २ जना मृत अवस्थामा फेला

कुटपिटबाट १ को मृत्यु, २ जना मृत अवस्थामा फेला

कपिलवस्तुमा भएको कुटपिटमा एक जनाको ज्यान गएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१२ सोनवर्षा बस्ने नरेन्द्र यादवको घरमा काम गर्दै आएका वडा नं. ४ सिर्सिहवाका ३२ वर्षीय ठाकुर कोरीको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको छ ।

सात महिना अगाडिदेखि यादवको घरमा काम गर्दै आएका उनलाई वैशाख २९ गते नरेन्द्र र उनकै छोरा मुरज यादवले कुटपिट गरी घाइते बनाएकोमा मंगलबार मृत्यु भएको बताइएको छ । कुटपिटमा संलग्न रहेका बाबु छोरा भने हाल फरार छन् ।

यस्तै, आज काठमाडौं र मोरङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल गाम्चाका ४५ वर्षीय गोविन्द खड्का मृत अवस्थामा फेला परेका छन् ।

उता, मोरङको विराटनगर महानगरपालिका–१९, घिनाघाटस्थित सिंगिया खोलाको पुलमुनि परिचय नखुलेकी करिब ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू