मन्त्रालयको मोटरसाइकल चोर्ने २ जना पक्राउ

मन्त्रालयको मोटरसाइकल चोर्ने २ जना पक्राउ

कैलालीमा मन्त्रालयको सरकारी मोटरसाइकल चोर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१–००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका–९ का २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका–१ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको मोटरसाइकल हराएपछि मगरलाई मोटरसाइकलसहित बर्दियाबाट पक्राउ गरिएको थियो ।

प्रकाउ परेका मगरलाई थप अनुसन्धान गर्ने क्रममा किशोरको संलग्नता रहेको खुलेसँगै चोरीमा संलग्न रहेका किशोरलाई पछि उनकै डेराबाट पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू