गुल्मीको गाउँ गाउँमा कोरोना, दोस्रो लहरमा ६८ को ज्यान गइसक्यो

गुल्मीको गाउँ गाउँमा कोरोना, दोस्रो लहरमा ६८ को ज्यान गइसक्यो

कोरोना महामारीको दोस्रो लहरमा आजसम्म गुल्मीमा ६८ जनाको ज्यान गएको छ । अहिले गुल्मीका गाउँ गाउँमा महामारी देखिन थालेको बताइन्छ ।

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले आज जनआस्थासँगको कुराकानीमा महामारीको दोस्रो लहरका कारण हालसम्म जिल्लामा १ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँका अनुसार आज मात्रै गुल्मीमा ८ सय ९१ जनामा संक्रमण फेला परेको छ । महामारी न्यूनीकरण तथा रोकथामका लागी जिल्लाभर निषेधाज्ञा जारी गरिएको र उच्च जोखिममा रहेका केही पालिकामा आंशिक सिल गरिएको पनि उहाँले बताउनुभयो ।

आंशिक लकडाउन इस्मा, सत्यवती, रेसुङ्गा, कालीगण्डकी र गुल्मी दरबार गाउँपालिकामा गरिएको छ । ती पालिकाहरूमा पीसीआर परीक्षण गर्दा ५० प्रतिशतभन्दा बढिमा संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

तीमध्ये रुरुक्षेत्र, चन्द्रकोट र मुसिकोट गाउँपालिकामा एन्टिजेन परिक्षण गर्दा संक्रमणदर निकै उच्च पाइएको छ ।

टिप्पणीहरू