गर्मीमा के को लकडाउन,मान्छे जम्मै बाहिर वीरगञ्जमा निषेधाज्ञा खुकुलो

गर्मीमा के को लकडाउन,मान्छे जम्मै बाहिर वीरगञ्जमा निषेधाज्ञा खुकुलो

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालले आइसोलेशन वार्ड थप गरेको छ । कोरोना महामारीका बिरामीहरुको चापलाई मध्यनजर गर्दै आइसोलेशन वार्ड स्थापना गरिएको अस्पताल श्रोतले जनाएको छ ।

अस्पतालले अक्सिजनलगायतका स्वास्थ्य सामाग्री सहज उपलब्ध हुने जनाउँदै गर्दा त्यहीँ बढि बिरामीले ज्यान गुमाएको श्रोतले जनाएको छ । हिजो मात्रै ८ जनाको ज्यान आइसोलेशनमै गएको छ ।

अन्य अस्पतालमा अक्सिजन अभाव हुँदा नारायणीमा भने त्यस्तो कुनै समस्या नआएको बताउँदै बाहिरका अस्पताललाई पनि चिकित्सकको परामर्शमा अक्सिजन उपलब्ध गराउने गरिएको बताइन्छ ।

यस्तै,वीरगञ्जमा निषेधाज्ञा पूर्ण रुपमा खुकुलो देखिन्छ । दिउँसोको समयमा गर्मीका कारण मानिसहरु घरबाट ननिस्के पनि बिहान र बेलुका अत्याधिक रुपमा भीडभाड हुने गर्दछ ।

निषेधाज्ञा लागु भएदेखि नै उद्योगधन्दा, कलकारखाना,यात्रुवाहक बाहेकका सवारीसाधन निरन्तर चलिरहेको छ ।

टिप्पणीहरू