रियल म्याड्रिडका एकजना खेलाडी परेनन् स्पेनको युरो टोलीमा

रियल म्याड्रिडका एकजना खेलाडी परेनन् स्पेनको युरो टोलीमा

स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि रियल म्याड्रिडले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । म्याड्रिडद्वारा घोषित टोलीमा कप्तान सर्जियो रामोस अटेका छैनन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक लुइस एनरिकेले अर्को महिना हुन लागेको युरोपेली च्याम्पियनसिपका लागि घोषणा गरेको अन्तिम टोलीमा रामोससहित रियल म्याड्रिडका कुनै पनि खेलाडी नपरेको बताइएको छ ।

कोरोना महामारीको प्रभावका कारण प्रशिक्षकलाई उनीहरूको यूरो टोलीका लागि २६ जनाको टोली रोज्न छुट गरिएको थियो । एनरिकेले स्पेनका लागि १ सय ८० खेल खेलिसकेका रामोसलाई छोडेर २४ जनाको नाम दिएका छन् ।

एनरिकेले घोषणा गरेको टोलीमा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेविड डे हेया पर्दा र चेल्सीका केपा अर्रिजाबलागाले भने स्थान बनाउन नसकेको बताइन्छ । मिडफिल्डमा बार्सिलोनाका १८ वर्षीय पेड्रीसहित गत साता मात्र स्पेनिस नागरिकता हात पारेका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्ट पनि टोलीमा परेका छन् ।

रियल म्याड्रिडका खेलाडीहरूको पूर्ण अनुपस्थितिबारे एनरिकले फिटनेसका कारण खेलाडीलाई टोलीमा नराखिएको बताएका छन् भने केहि व्यक्तिहरू खुशी हुन्छन् कि हुँदैनन् भन्ने आधारमा टोली छान्न नसक्ने पनि बताएका छन् ।

पहिले,कुनै पनि ठूलो टुर्नामेन्ट स्पेनिश टिम रियल म्याड्रिडका खेलाडीहरु बिना हुने गरेको थिएन । सन् २०२० को युरोपेली च्याम्पियनसिपमा गोलकिपरतर्फ उनाइ सिमोन,डेभिड डे हेया,रोबर्ट स्यान्चेज,डिफेन्डरमा जोसे गाया, जोर्डी अल्बा,पाउ टोरेस,एमेरिक लापोर्ट,एरिक गार्सिया डिएगो लोरेन्टे,सेजार एज्पिलिक्वेटा मिडफिल्डर तर्फ मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स,रोड्री,पेड्री, थियागो,कोके फाबियन रुइज तथा फरवार्डमा ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल,अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया लगायतका खेलाडी रहेका थिए ।

टिप्पणीहरू