सडक खनेर निषेधाज्ञाको सदुपयोग

सडक खनेर निषेधाज्ञाको सदुपयोग

निषेधाज्ञाको बेला प्राय: मानिस फुर्सदिला हुन्छन् । कोही जुवा,तासमा भुलेको त कोही ब्यभिचारमा लागेको पनि पाइन्छ तर,यो समयलाई कयौँ युवाले भने विभिन्न सामाजिक कार्य, महामारीविरुद्धका अभियानमार्फत सदुपयोग गरेका छन् ।

यस्तै यौटा अनुकरणीय उदाहरण हो,काठमाण्डौ उपत्यकाको नागार्जुन नगरपालिका वडा नं. ५ छक्डोलका युवाहरुले गरेको सरसफाई अभियान ।

झट्ट हेर्दा निषेधाज्ञाको उल्लंघन गरेर सडकमा हिंडेजस्तो देखिएला तर यो गाउँसम्म मोटर पुग्ने सडक विस्तार र सरसफाइ हो ।

हरि पुतुवारको नेतृत्वमा गरिएको सरसफाई अभियानमा अभि श्रेष्ठ,उध्दव बन्जारालगायतको सहयोग रहेको बताइएको छ ।

टिप्पणीहरू