अध्यक्ष ओलीले माधव–झलनाथलाई निकाल्छु भन्दा सबै चूप,एमाले विभाजित

अध्यक्ष ओलीले माधव–झलनाथलाई निकाल्छु भन्दा सबै चूप,एमाले विभाजित

एमाले स्थायी समितिको आज साँझ बालुवाटारमा बसेको बैठकले पार्टीका पूर्वअध्यक्ष तथा महासचिव एवं वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ ।

यसअघि जेठ ८ गतेको बैठकले उहाँहरुलाई स्पस्टिकरण सोध्ने निर्णय गरेको थियो । पुर्जी काटिएका ११ जनालाई आज निश्कासन गरिएको हो । आज पार्टीबाट निकालिनेमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित खनाल,नेपालबाहेक उपाध्यक्ष भीम रावल र समानुपातिक साँसद मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,सरला यादव,पुष्पाकुमारी कर्ण,कलिला खातुन,निरादेवी जैरु,लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का हुनुुहुन्छ ।

पदको कुनै मोह नराखी बिधिपध्दतिको निम्ति ब्यक्तिको गैह्र कम्युनिस्ट आचरणबिरुध्द लड्दै आउनुभएका उहाँहरुलाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै सोधिएको स्पस्टिकरणको जवाफ नदिएको नाममा अध्यक्ष केपी ओलीको एकल प्रस्तावमा आजैदेखि एमालेसङ्ग नाता टुट्नेगरी निश्कासन गरिएको हो । यसवीच युवावयदेखि दु:ख सुखका सहयात्रीहरुलाई यसरी निकालेर एकताका झण्डै जन्मजातजस्तै शत्रुको रुपमा चित्रित व्यक्ति र समूहलाई भने क्रमशः मित्रशक्ति बनाएर आलिङ्गन गर्न थालिएको छ ।

एमालेका अन्य १२ जना नेतालाई २४ घण्टाभित्र जवाफ पेश गर्न स्पस्टिकरण सोध्ने निर्णय पनि आजैको बैठकले गरेको छ । बाग्मती प्रदेशको हकमा थप छानबीन गरेपछि मात्रै निर्णय गर्ने बैठकमा अध्यक्ष ओलीले जानकारी गराउनुभएको थियो ।

आज स्पस्टिकरण सोध्ने निर्णय गरिएका १२ जनामा प्रधानमन्त्रीको असंवैधानिक सिफारिशअनुसार राष्ट्रपतिले गर्नुभएको प्रतिनिधिसभाको विघटन र मध्यावधि निर्वाचनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन गर्ने नेता तथा माननीयहरु हुनुहुन्छ ।

जेठ छ गतेको बागमती प्रदेशस्तरीय राष्ट्रिय सभा उपनिर्वाचनमा गोप्य मतदान हुँदा सांसद तथा स्थानीय तहका पदाधिकारीले प्रयोग गरेको मताधिकारबारे सोझै भन्न नसकिने भएपछि त्यस्तो निर्णय गरिएको बताइएको छ । गोप्य मतदान भएकाले कसैलाई पनि यसै गरिस् भन्न नसकिने अवस्था छ ।

आजको बैठकमा नेताहरुलाई साधारण सदस्यतासमेत नरहने गरी गरिएको कारबाहीको छलफल र निर्णय अध्यक्षले गरिरहँदा अरु सबै मुकदर्शक भएको एक जना स्थायी समिति सदस्यले जनआस्थालाई बताउनुभयो ।

टिप्पणीहरू