लकडाउन लम्बिने,औपचारिक निर्णय भोलि

लकडाउन लम्बिने,औपचारिक निर्णय भोलि

कोरोना महामारी रोकथाम गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा थप लम्बिने भएको छ ।

पछिल्लो चार साताको निषेधाज्ञाको समयमा नै महामारीले शिखर छोएकाले निषेधाज्ञा थप लम्बिने संकेत ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले दिनुभएको छ ।

उहाँले भन्नुभयो ‘निषेधाज्ञाको समयमा नै महामारी बढेकाले यसलाई थप कडाईका साथ लम्ब्याइने सम्भावना छ ।’

निरौलाले भोलि हुने उपत्यकाका तीन वटै जिल्लाका सिडियोको भर्चुअल बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समितिको अध्यादेशअनुसार थप कडाई गरिनेबारे छलफल हुने बताउनुभएको छ ।

उहाँका अनुसार भोलिको बैठकमा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञावारे मिहिन ढंगले छलफल गरिने छ । काठमाडौंमा लगाइएको निषेधाज्ञा जेठ १३ गतेसम्म कायम छ ।

टिप्पणीहरू