सहिदको घाँटीमा डोरी बाँधेर भित्री वस्त्र सुकाइयो

सहिदको घाँटीमा डोरी बाँधेर भित्री वस्त्र सुकाइयो

रुपन्देहीस्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय हाताभित्र रहेका सहिदका सालिकमा मालाजसरी कपडा सुकाइएको छ ।

सोबारे बुझ्दा पार्टीका जिल्ला अध्यक्ष अब्दुल रज्जाकले झर्किदैँ उक्त कार्यालय आफूहरुले आइसोलेसन प्रयोगमा दिएकाले ‘नर्सहरुले के गरे हामीलाई थाहा भएन’ भनेका छन् । उनले अगाडि भने ‘थाहा भएलगत्तै नर्सहरुलाई सहिदको सालिकबाट कपडा हटाउन भनिएको छ,हाल शालिकमा त्यस्तो केही छैन ।’ उनले नर्सहरुले आफ्नो गल्ती स्वीकारेको बताएका छन् ।

यस्तै, नेविसंघ केन्द्रीय समितिका पूर्व सदस्य मनिष थापाका अनुसार नेपाली कांग्रेसले देशभरका ४२ जिल्ला पार्टी कार्यालयहरु आइसोलेशनका लागि प्रयोग गर्न दिइएबमोजिम भैरहवामा पनि मानवीय हिसाबले सहयोग गरिएको तर सहिदको अपमान नर्सहरुले गरे त्यो अक्षम्य हुने सर्वमान्य तथ्य हो ।

टिप्पणीहरू