लेखिका डा.बानिरा गिरीको निधन

लेखिका डा.बानिरा गिरीको निधन

कवि एवम् लेखिका डा.बानिरा गिरीको निधन भएको छ । ७५ वर्षीया गिरीको कोरोना संक्रमणले हिजो राती १० बजे सिभिल अस्पतालमा निधन भएको हो ।

उहाँलाई तीन साताअघि कोरोना पुष्टि भए तापनि हिजो राती हृदयाघातले निधन भएको बताइन्छ । झण्डै तीन वर्षदेखि अल्जाइमर्स (बिर्सने) रोगबाट पीडित उहाँलाई हिजो राति असहज भएपछि घरबाट अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

डा. गिरीलाई नेपालमा पीएचडी गर्ने पहिलो महिलाको रुपमा चिनिन्छ । दार्जिलिङ नजिकैको खर्साङबाट नेपाल आउनुभएकी गिरी महाकवि लक्ष्मीप्रसाद देवकोटापछि अफ्रो एसियाली कवि सम्मेलनमा भाग लिने दोस्रो नेपाली पनि हुनुहुन्छ ।

गिरीले जीवनभर त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुभएको थियो ।

टिप्पणीहरू