माछा मार्ने करेन्टमा आफै परेपछि एकको ज्यान गुम्याे

माछा मार्ने करेन्टमा आफै परेपछि एकको ज्यान गुम्याे

 झापाकाे अर्जुनधारा नगरपालिका–११ स्थित रेखा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङकाे मृत्यु भएको छ ।

उनी घर नजिकै रहेको खाेलामा आइतबार बेलुका ४ बजे साथीहरुसँग माछा मार्न गएका थिए । त्यसबेला करेन्ट लागी घाइते भएपछि तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि उनीसँगै माछा मार्न गएका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई प्रहरीले पक्राउ गरीआवश्यक अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

टिप्पणीहरू