शिव परियारको “सुनको चन्द्रमा” बजारमा

शिव परियारको “सुनको चन्द्रमा” बजारमा

चर्चित गायक शिव परियार र रचना रिमालको स्वरमा सजिएको “सुनको चन्द्रमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको संगीत, पुष्प आचार्यको शब्द र ओम सुनारको एरेन्ज रहेको उक्त म्युजिक भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको छ ।

भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बाेटे सस्कृति,हात्ती सफारी र थारु सस्कृतिलाई  देखाईएको छ । शंकर बिसीको निर्देशन तथा कोरियोग्राफर रहेको “सुनको चन्द्रमा” लाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।

भरतपुरको पटिहानीमा छायांकन गरिएको यस म्युजिक भिडियोमा नबिन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो । महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

टिप्पणीहरू