लागूऔषध सहित ३ जना पक्राउ

लागूऔषध सहित ३ जना पक्राउ

झापा र कञ्चनपुरमा अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ बद्री टोलबाट ५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय २६ वर्षीय सुमन दनुवार र दमक नगरपालिका–५ का २१ वर्षीया समिता राई रहेका छन् ।

उक्त टोलमा अवैध लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागू पदार्थ बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुर बस्ने २० वर्षीय राकेश औजीलाई झण्डै १० ग्राम खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रदेश अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई खैरो हेरोइनसहित फेला पारेको हो ।

टिप्पणीहरू