खटाइ खटाइ एमालेमा स्पष्टीकरण ३ र ८ जनालाई

खटाइ खटाइ एमालेमा स्पष्टीकरण ३ र ८ जनालाई

नेकपाएमालेको भर्खरै बालुवाटारमा सम्पन्न स्थायी समिति बैठकले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल,झलनाथ खनाल र उपाध्यक्ष भीम रावलसहित ११ जनासङ्ग स्पस्टिकरण सोध्ने निर्णय गरेको छ । अन्य ८ जना समानुपातिक सांसदमा मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री, कल्याणी खड्का,सरला यादव, पुष्पा कर्ण,लक्ष्मी चौधरी,कलिला खातुन र निरु जैरु हुनुहुन्छ ।

उहाँहरुलाई हिजो विपक्षी गठबन्धनका नेता तथा काँँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेको आरोपमा स्पस्टिकरण सोध्ने निर्णय गरिएको हो । जवाफ दिने म्याद पर्सि सोमबार बिहानसम्मलाई तोकिएको छ ।

हिजो देउवाको समर्थनमा नेपाल–खनालपक्षीय २६ जना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेको गर्नुभएको थियो । तर,३ र ८ गरी ११ नेतालाई मात्रै स्पस्टिकरण सोधिनुको चुरो कुरो भोलि अदालतमा पर्ने मुद्दा र प्रतिनिधिसभाको सम्भावित पुनर्स्थापनापछिको अवस्था आकलन हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिश र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा भएको प्रतिनिधिसभा विघटन,धारा ७६ (३) को प्रधानमन्त्रीले गर्नुभएको नयाँ सरकार निर्माणको सिफारिशलाई लिएर सर्वोच्च अदालतमा दर्जनौं मुद्दा पर्ने अवस्था देखिएको छ ।

आगामी दिनमा पुनः संसद पुनर्स्थापना भएमा संसदीय अंक गणितमा प्रत्यक्ष निर्वाचित सांसदहरुको आवश्यकतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइएको छ । समानुपातिकको हकमा तत्काल आफू अनुकूलको उम्मेदवार नियुक्त गर्नसक्ने भएकाले उहाँहरु सबैलाई एकै घान बनाइएको हो ।

टिप्पणीहरू