महामारीमा ऋषी खड्काको स्वरमा ‘बाँचे भेट होला’ सार्वजनिक

महामारीमा ऋषी खड्काको स्वरमा ‘बाँचे भेट होला’ सार्वजनिक

महामारीको मर्म र सुहाउँदो ‘बाँचे भेट होला’ गीत बिहिबार सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक ऋषी खड्काको स्वरमा गाइएको उक्त गीतमा महामारीले निम्त्याएको विषम परिस्थितिलाई चित्रण गरिएको छ ।

‘काम गर्नलाई काम पनि बन्द छ, मनले कतै मर्छु कि भन्दछ’ जस्ता शब्दहरु प्रयोग गरिएको गीतको शब्द रचना शिव पौडेलले गरेका छन् । गीतको लय तथा एरेञ्ज ऋषी खड्काको हो ।

तरङ्ग डिजिटलमा रेकर्डिङ गरिएको गीतको अडियो सम्पादन जय देवकोटाले गरेका छन् भने भिडियो सम्पादन शिव पौडेलले नै गरेको उत्पादक कम्पनी उमङ्ग म्युजिकले बताएको छ ।

वाद्यवादनतर्फ हेमन्त कान्छा रसाईलीको सारङ्गी तथा रत्न विकले बाँसुरी बजाएका छन् । सप्तऋषी म्युजिकले बजारमा ल्याएको उक्त गीत ऋषी खड्का युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू