कोरोनाबाट आज १ सय २९ को निधन, ८ हजार ९ सय ८० मा संक्रमण

कोरोनाबाट आज १ सय २९ को निधन, ८ हजार ९ सय ८० मा संक्रमण

कोरोनाबाट आज १ सय २९ जनाको ज्यान गएको छ भने ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १९ हजार ३ सय ५७ पीसीआर तथा ७ सय ४८ जनामा एन्टिजेन गरी २० हजार १ सय ५ जनामा परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

आजसम्म ५ लाख ५ हजार ६ सय ४३ जना संक्रमित भएका छन् । जसमध्ये ३ लाख ८३ हजार ८ सय ८४ जना निको भएका छन् भने १ लाख २१ हजार ९ सय ५९ जना अझै सक्रिय संक्रमित हुन् । आज पनि ८ सय ८६ जना क्वारेन्टिनमा रहेका छन् ।

आज निको भएकाहरुको संख्याभन्दा संक्रमण पुष्टि हुनेको संख्या १ सय ३२ जना मात्रै बढी देखिएको छ ।

टिप्पणीहरू