कोरोनाले कसैलाई बाँकी राखेन

कोरोनाले कसैलाई बाँकी राखेन

पद्मकन्या बहुमुखी क्याम्पसकी रिटायर्ड प्रोफेसरको कोरोना संक्रमणका कारण निधन भएको छ । पारिवारिक श्रोतका अनुसार प्रोफेसर निर्मला उप्रेतीको आज बिहान मृत्यु भएको हो ।

यसअघि ठाकुरप्रसाद मैनालीकी श्रीमतीको बिहिबार निधन भएकोमा आज उप्रेतीको ज्यान गएको हो । संक्रमणका कारण उहाँकी छोरी पनि सिकिस्त हुनुभएको छ ।

आमा बितेर काठमाण्डौ आउँदा छोरीलाई पनि संक्रमण पुष्टि भएको हो । मैनाली ललितकला एकेडेमीका उपकुलपति र मूर्तिकार हुनुहुन्छ । उता वरिष्ठ अधिवक्ता हिरा रेग्मीकी श्रीमतीको कोरोनाकै कारण दुखद निधन भएको छ भने रेग्मी स्वयं पनि प्रहरी अस्पतालको भेन्टिलेटरबाट निको भएर फर्किनुभएको छ ।

उहाँका संक्रमित छोराछोरी पनि निको भएका छन् । काठमाडौँ बाहिर कोरोना महामारी ब्यापक रुपमा फैलिएको छ । सल्यान, प्युठानलगायतका जिल्लाहरुका गाउँगाउँमा संक्रमण बाक्लो रहेको छ । काठमाण्डौको संक्रमण दर घट्यो भने यो बाहिरी जिल्लामा फैलने पक्का देखिन्छ ।

दुई नम्बर प्रदेशका गाँउहरुमा पनि मानिस परिक्षण गर्न नजाने श्रोतले बताएको छ ।

टिप्पणीहरू