बादल आफै फसे कि फ़साइए ?

बादल आफै फसे कि फ़साइए ?

दश वर्षे जनयुद्धका सैन्य परिकल्पनाकार भनेर चिनिने रामबहादुर थापा बादल माओवादी बिरासत छोडेर अहिले ओली नेतृत्वको एमालेमा हुनुहुन्छ । थापाको एमाले प्रवेशमा त्यतिबेलै धेरैले अचम्म मानेका थिए ।

अझ आफूनिकट चार दर्जन बढी ठुल्ठूला पदीय जिम्मेवारीमा रहेका नेताहरुलाई छोडेर थापा एक्लै ओलीतिर लागेपछि पद जोगाउने दाउ भनेर टिप्पणी पनि भयो ।

“एमालेका मानिसले बरु कचकच गर्छन् तर नयाँ पार्टी,त्यसमाथि ओलीको मातहत,चुपचाप झण्डा हल्लाउनमै सन्तुष्ट हुने भएपछि अब बादलहरुको बढुवा हुन पनि बेर छैन ।”

ओलीले थापालाई गृहमन्त्रीमा निरन्तरता दिने र एमालेको सह-अध्यक्ष बनाउने आश्वासन दिएर पार्टीमा प्रवेश गराएको त्यतिबेला चर्चा थियो । तर, आजका दिनसम्म आइपुग्दा थापाले न सह-अध्यक्ष पाउनुभयो न उहाँको गृहमन्त्री पद नै बाँकी रह्यो । बरु अहिले उहाँलाई एमालेको चौथो बरियतामा झारिएको छ । अस्ति राष्ट्रियसभाको चुनावमा हार्नुका पछाडि पनि ओलीका खास मान्छेहरुकै भूमिका रहेको सार्वजनिक टिप्पणी भैरहेको छ ।

झण्डै ६ महिने सहकार्यमा ओलीले थापाको नाडी छामिसकेको र अब एमालेमा उहाँको उपयोगिता सकिएको धेरैको विश्लेषण छ । किनभने गण्डकी,कर्णाली र लुम्बिनी प्रदेशका गृहमन्त्री,१ नम्बर प्रदेशका अर्थमन्त्रीलगायत तत्कालीन नेकपामा थापासँग सिनियर नेताहरुको ठूलो पंक्ति थियो । तर पार्टी विभाजनमा त्यो पंक्तिले थापालाई साथ दिएन । यहि शक्ति देखेर ओलीले थापालाई महत्व दिएको बुझ्न कठिन छैन ।

“राजनीतिमा त बिचलन आयो होला तर स्वभावका हिसाबले पनि उहाँ ओलीतिर रहन सक्नुहुन्न । ढिलोचाँडो बाहिरिनुहुन्छ ।’

तर,थापा ‘दाह्रा नंग्रा’ बिहीन देखेपछि बिस्तारै ओली पंक्तिबाट कर्नरमा पारिंदै लगिएको र राष्ट्रियसभा चुनावसम्म आइपुग्दा देखिने गरी प्रकट भएको भन्नेहरु पनि छन् । तर,एमालेका असन्तुष्ट तान्न र माओवादीबाट आएकाको बिजोग नदेखाउन पनि बादललाई केही न केही हिसाबले सान्त्वना नदिइ भएको छैन ।

एमालेका मानिसले बरु कचकच गर्छन् तर नयाँ पार्टी,त्यसमाथि ओलीको मातहत,चुपचाप झण्डा हल्लाउनमै सन्तुष्ट हुने भएपछि अब बादलहरुको बढुवा हुन पनि बेर छैन ।

‘उहाँले फर्मल्ली कसैलाई जाऊँ भन्नुभएन । एक्लै जानुभयो ।”

राष्ट्रियसभामा बादलको पराजयका पछाडि इश्वर पोख्रेलहरुको हात रहेको भन्नेहरु पनि धेरै छन् । अझ कतिपयले त मन्त्री फुस्काउने सर्वोच्चको फैसला र हेटौंडामा बादलको पराजय एकै चोटी हुनुलाई एमालेभित्रको आन्तरिक राजनीतिसँग जोडेर पनि अर्थ लगाएका छन् ।

‘उहाँ त्यहाँ बस्न पनि सक्नुहुन्न, तत्काल छोड्ने अवस्था पनि छैन । त्यस्तो खुराफात हुने ठाउँमा उहाँ सक्दै सक्नुहुन्न’,निकट नेता भन्छन्, ‘अन्ततः उहाँले केही समय रमाएपछि त्यहाँबाट छोड्ने नै हो ।’

थापालाई त्यतिबेला के आइलाग्यो जसकारण आफ्नो टिमलाई घात गरेर ओलीको सारथी बन्न पुग्नुभयो ? निकटस्थहरूका अनुसार बादलमा पदकै लागि मरिहत्ते गर्ने स्वभाव यसअघि थिएन । उनीहरूका भनाइलाई पत्याउने हो भने बादलले किन ओलीको प्रतिगमनलाई साथ दिनुभयो बुझिनसक्नु छ ।

ती नेता भन्छन्, ‘हिजो पार्टी फुट्दा र जुट्दा पनि साथ दिएकाहरू सबैले अनुरोध गर्दा पनि उहाँ टसको मस हुनु भएन ।’ अहिले बादललाई एमालेभित्र एडजस्ट हुन पनि अप्ठेरो परिरहेको नेताको दाबी छ । जनयुध्ददेखि नै बादलनिकट भनेर चिनिएका एक नेता भन्छन्,बादलले अन्ततः ओलीलाई छोड्छन् । विचार, राजनीतिमा त बिचलन आयो होला तर स्वभावका हिसाबले पनि उहाँ ओलीतिर रहन सक्नुहुन्न । ढिलोचाँडो बाहिरिनुहुन्छ ।’

उदेकलाग्दो कुरा चैं,त्यत्रा नेता-कार्यकर्ताले साथ दिँदा पनि एक्लै एमालेतिर लाग्नुभएका बादलले कसैलाई पनि आफूसँग आउन प्रस्ताव गर्नुभएन । ‘उहाँले फर्मल्ली कसैलाई जाऊँ भन्नुभएन । एक्लै जानुभयो । विचार र राजनीति नमिलेपछि हामी जाने कुरा पनि भएन’,निकट नेता भन्छन् ।

तत्कालीन नेकपा विभाजनको डिलमा पुगेका बेला बादलनिकट तीन दर्जन केन्द्रीय सदस्यको बैठक बसेको थियो । बैठकले गृहमन्त्रीबाट राजीनामा दिएर प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न आग्रह गरेको थियो । त्यतिबेला बादलको भनाइ उद्धृत गर्दै ती नेता भन्छन्,’हामीले प्रतिगमनलाई समर्थन नगरौँ भनेर रिक्वेष्ट गर्यौँ,उहाँले मैले निर्णय गरिसकेको छैन,तपाईंहरु व्यक्तिगत रुपमा जे मन लाग्छ त्यो निर्णय गर्नुस् भन्नुभयो ।’

त्यसको भोलिपल्टै बादल एक्लै ओलीले बोलाएको बालुवाटार बैठकमा जानुभएको थियो । त्यसपछिदेखि उहाँ ओलीकै साथमा हुनुहुन्छ । तर,पछिल्ला दिनमा उहाँ एमालेभित्रको आन्तरिक शक्ति टकरावको शिकार हुनुभएको छ ।

टिप्पणीहरू