लागू औषधका दुई कारोबारी युवक फन्दामा

लागू औषधका दुई कारोबारी युवक फन्दामा

लागू औषधको कारोबारमा संलग्न भएको अभियोगमा उदयप्र त्रियुगा नगरपालिका –७ धरमपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दसीसहित पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय अमिर खडा र २० वर्षीय सुरज कार्की हुन् । शुक्रबार दिउँसो २ बजे पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले फेरेनगन १२, नोफिन १२, डाइजेल्याव १२ गरी जम्मा ३६ एम्पुल लागू औषध बरामद गरेको छ ।

उनीहरुलाई प्रहरीले विेशेष सूचनाको आधारमा खोजी गर्दा पक्राउ गर्न सफल भएको हो । अर्धसहरी क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा विस्तारै लागू औषधका दुव्यर्सनी बृद्धि हुँदै गएको खबर पाएपछि प्रहरीले विशेष निगरानी सुरु गरेको थियो ।

पक्राउ परेकाहरुलाई केरकार गर्दै थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई लागू औषध ऐन अन्तर्गत कारवाही चलाइने भएको छ ।

टिप्पणीहरू