१ सय ४९ जनाको हस्ताक्षरसहित देउवा शीतल निवास प्रस्थान

१ सय ४९ जनाको हस्ताक्षरसहित देउवा शीतल निवास प्रस्थान

संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको प्रस्ताव लिएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १ सय ४९ जना सांसदको हस्ताक्षरसहित शीतल निवास प्रस्थान गर्नुभएको छ ।

स्रोतका अनुसार सबै दलका गरी १ सय ४९ जना सांसदको हस्ताक्षर बोकेर देउवा जानुभएको हो ।त्यसमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २७ जना सांसदको समेत हस्ताक्षर रहेको बताइएको छ ।

दावीपत्र बोकेर शेरबहादुर देउवा,उपेन्द्र यादव, बर्षमान पुन,देव गुरुङ्ग,मोहम्मद इस्तियाक राइन,महेन्द्र राय यादव,रेणु यादव,पूर्णबहादुर खड्का,बालकृष्ण खाँण,पुष्पा भुसाललगायत शीतल निवास जानुभएको छ ।रास्ट्रपतिले १४९ को दावी नमानेर प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता दिने र भोलिदेखि मुद्दामामिला शुरु हुने सम्भावना टड्कारो छ ।

टिप्पणीहरू