महन्थले १९ जनाको वचन दिएपछि बालुवाटार ढुक्क(भिडियो सहित)

महन्थले १९ जनाको वचन दिएपछि बालुवाटार ढुक्क(भिडियो सहित)

राष्ट्रपतिले संविधानको धारा ७६,उपधारा ३ बाट फड्किएर ५ अन्तर्गतको सरकार गठनका लागि आव्हान गरेपछि राजनीतिक दौडधुप बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने दुई विकल्पका साथ ढुक्क रहेको बताइएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले हिजो राति आफू र रास्ट्रपतिसामु १९ जना सांसद रहेको बताएपछि प्रधानमन्त्री ओली विपक्षीको रणनीतिलाई काउन्टर दिनेगरी तयारीमा रहेको विशेष स्रोतले बताएको छ ।

अर्को गठवन्धनले ५ बजेअघि नै सरकारमा दावी गरे आफ्नो बहुमत देखाउने नत्र संसद विघटनको सिफारिस गर्ने तयारीमा बालुवाटार जुटेको स्रोत बताउँछ ।

यदि विपक्षीले ५ बजेअगावै दाबी गर्न गए एमालेको १२१ र महन्थको १९ देखाएर राष्ट्रपतिले ओलीलाई नै नियुक्त गर्ने पक्कापक्की छ’, स्रोत भन्छ, ‘विपक्षीको दाबी गएन भने आजै साँझ प्रतिनिधिसभा विघटनको सिफारिस पठाउने तयारी गरेर बालुवाटार ढुक्कले बसेको छ ।’

यता, माधव नेपाल पक्षका सांसदहरुको राजीनामाले पनि अब काम नगर्ने अवस्था बनेको छ । ७६ को ५ अन्तर्गत नियुक्त भएर विश्वासको मत नलिंदै संसद विघटनमा जाने प्रधानमन्त्रीको तयारीले उनीहरुको राजीनामा अर्थहीन बन्ने देखिएको हो ।

‘पहिला नै दिएको भए एउटा कोर्शमा राजनीति जान्थ्यो, अब काम छैन । किनभने अब ७६९२० मा जाँदैन । बरु ५ मा दलको ह्वीप लाग्दैन तर ५ मा विश्वासको मत नलिने र विघटनमा पुर्याउने तयारी देखिन्छ’, स्रोत भन्छ ।

टिप्पणीहरू