मलाई साथ नदिए प्रतिनिधिसभा विघटन

मलाई साथ नदिए प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दल सहमत भए प्रतिनिधिसभा विघटन नहुने बताउनुभएको छ ।
बालुवाटारमा जारी पत्रकार सम्मेलनमा बोल्दै उहाँले विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आफूले मार्गप्रशस्त गरिदिएको पनि बताउनुभयो । वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ, सक्नुहुन्न भने मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ,सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ,उहाँले भन्नुभयो ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानमै तोकिएको छ । १४ गते सरकार बन्यो भने कसरी बजेट पेश गर्ला ? हामीसँग समय धेरै छैन ।

उहाँले जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आफूले समयको चापका कारण विश्वासको मत लिने ुकर्मकाण्डीु प्रक्रियामा नगएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानमै तोकिएको छ । १४ गते सरकार बन्यो भने कसरी बजेट पेश गर्ला रु हामीसँग समय धेरै छैन । समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरी फेरि पराजित भएर ७६ को उपधारा ५ मा पुग्ने समय हामीलाई छैन । ५ मै जानपर्ने भएपछि बाटो खोलिदिनु अपरिहार्य थियो । मैले त्यहि गरेको हुँ ।

संविधानको व्याख्या गर्दा अदालतको र मेरो विश्लेषण फरक परेको हो । अदालतको व्याख्या फरक रह्योु

सरकारले विश्वासको मत नपाएको र विपक्षीले अविश्वासको प्रस्ताव पनि नल्याएको अवस्थामा आफूले उपधारा ५ को विकल्पका लागि मार्गप्रशस्त गरेको उहाँले दाबी गर्नुभयो ।

उहाँले फेरि संसद विघटन हुनसक्ने संकेत गर्दै आफूलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार गठन भए विघटन नहुने बताउनुभयो । सरकार चलाउन अप्ठेरोमा परेपछि सबै परिस्थितिको विश्लेषण गरेर नै यसअघि प्रतिनिधिसभा विघटन गरेको उहाँको भनाइ छ ।

जनताले दिएको ताजा जनादेशका आधारमा सरकार चल्ने कुरा नै उपयुक्त हुन्छ भन्ने लागेर यसअघि पनि विघटनको सिफारिस गरेको थिएँ । संविधानको व्याख्या गर्दा अदालतको र मेरो विश्लेषण फरक परेको हो । अदालतको व्याख्या फरक रह्योु,उहाँले भनुभयो ।

टिप्पणीहरू