राष्ट्रपतिको जिम्मा म लिन्छु : प्रधानमन्त्री ओली

राष्ट्रपतिको जिम्मा म लिन्छु : प्रधानमन्त्री ओली

राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विपक्षी दलका नेताहरुको भनाइलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश र कुण्ठाको अभिव्यक्ति भन्नुभएको छ ।

बालुवाटारमा जारी पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपतिले संवैधानिक सीमाभित्रै रहेर आफूले भूमिका खेलेको पनि दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिमाथि प्रहार गरेर गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्र भइरहेको पनि बताउनुभयो ।

बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय भनेर व्याख्या गरेको पाइएको छ । संविधानमाथि थिचोमिचो भयो भनिएको छ । कसले थिचोमिचो गर्यो ?

‘बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय भनेर व्याख्या गरेको पाइएको छ । संविधानमाथि थिचोमिचो भयो भनिएको छ । कसले थिचोमिचो गर्यो रु राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोश र कुण्ठा मात्र हो,’उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले आफूले गरेको सिफारिसलाई राष्ट्रपतिले संविधानको सीमाभित्र रहेर कार्यान्वयन गरेको र सो कामको जिम्मा सरकारले लिने पनि उहाँको भनाई छ । ‘राष्ट्रपतिको हुर्मत लिने काम भइरहेको छ । राष्ट्रपतिको संवैधानिक सीमा र कर्तव्य बुझ्नुपर्छ होला नि,’ उहाँले भन्नुभयो, ‘सरकारले गरेको सिफारिसको म जवाफदेही छु । पहिले पनि थिएँ ।’

टिप्पणीहरू