नेपाली फुटबल टोलीको इराक उडान

नेपाली फुटबल टोलीको इराक उडान

इराकसँग मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु भएको छ । हिजोको झरीमा दशरथ रंगशालामा अभ्यास गरिरहेको राष्ट्रिय टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदैछ ।

उतैबाट विश्वकप छनोटअन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाटै कुवेत प्रस्थान गर्नेछ ।

टोलीमा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही अनुभवी खेलाडीले आराम पाएका छन् । दीर्घकालीन सोच राखेर टोली संयोजन गरिएको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् ।

खेल तालिकाअनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपूर्ण खेल,विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलबार २३ खेलाडीको घोषणा गरेका हुन् ।

पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियनशीप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिइएको बताए ।

कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जेठ २० गते ताइवान,जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । ती सबै खेल खेलेपछि टोली जेठ २९ गते स्वदेश फर्किने छ ।

टिप्पणीहरू