बूढानीलकण्ठमा माधव नेपालसहित विपक्षी गठवन्धनको बैठक ?(भिडियो सहित)

बूढानीलकण्ठमा माधव नेपालसहित विपक्षी गठवन्धनको बैठक ?(भिडियो सहित)

सरकार गठनको समयसीमा घर्किंदै जाँदा विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस,माओवादी केन्द्र, एमालेको खनाल-नेपाल समूह र जसपाका शीर्ष नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भेला भएका छन् ।

विपक्षी गठवन्धनले निर्णायक शक्तिका रुपमा हेरेको खनाल-नेपाल समूहका नेता माधवकुमार नेपाल भर्खरै देउवा निवास पुग्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पुगिसक्नु भएको छ । उपेन्द्र यादव पनि राजेन्द्र श्रेष्ठ र मोहम्मद इस्तियाक राइनलाई लिएर देउवा निवास प्रवेश गर्नुभएको छ ।

कतै नलाग्ने,तटस्थ बस्ने भन्दै आएको महन्थ,राजेन्द्र समूहले हिजो राती शीतल निवासमा रास्ट्रपति र प्रधानमन्त्रीलाई साक्षी राखेर गरेको सम्झौताअनुसार १९ जना साँसद संख्या पुर्याएर ओलीलाई समर्थनको पत्र बुझाएको चर्चा छ ।

टिप्पणीहरू