दुई वर्षपछि तीन हत्यारा पक्राउ

दुई वर्षपछि तीन हत्यारा पक्राउ

सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरका अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरेकाे आरोपमा सिरहा प्रहरीले बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको छ ।

आराेपितहरूले २०७५ वैशाख २९ गते सिंहलाई घरबाटै अपहरण गरी घाइते बनाएर छाेडेका थिए । उनको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।

त्यसपछि फरार रहेका अभियुक्तहरू लुक्दैछिप्दै बसेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी जानकारी दिनुभयो ।

टिप्पणीहरू