बारीमा गाडेको शव फेला, श्रीमान र ससुरा पक्राउ

बारीमा गाडेको शव फेला, श्रीमान र ससुरा पक्राउ

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–७,गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मीटर टाढा बारीमा गाडेको अवस्थामा शव फेला परेको छ ।

उनको हत्या गरी बारीमा शव गाडेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानका लागि श्रीमान् २८ वर्षीय सोनाम लामा र ससुरा ६६ वर्षीय चन्द्रबहादुर लामालाई नियन्त्रणमा लिएको छ ।

घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू