कस्तो र कसको बन्ला नयाँ सरकार ?

कस्तो र कसको बन्ला नयाँ सरकार ?

भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले संसद अधिवेशन जेठ ९ गते आइतवार डाक्ने निर्णय गरेको छ ।

सो निर्णय बोकेर प्रधानमन्त्री अहिले शीतल निवास जाँदै हुनुहुन्छ । धारा ७६(३) अनुसार गठित अल्पमतको यो सरकार अब ३० दिनभित्र बिश्वासको मत नलिई सोझै अर्को धारामा फड्कने ठहरमा पुगेको छ ।

आजैको निर्णयअनुसार धारा ७६ (५) अन्तर्गत सँसदको बिश्वासप्राप्त दल होइन,ब्यक्तिको नेतृत्वमा बन्ने सरकारको प्रक्रियामा जान लागिएको हो ।

धारा ७६ (५) : उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोक्नेछ।

पर्सि ८ गते जसपा केन्द्रीय कार्यसमितिको बैठक छ । उसले पनि अब प्रधानमन्त्रीमा दावी गर्ने सम्भावना छ । राजनीति नयाँ ढंगले तीब्र गतिमा अघि बढ्न लागेको देखिन्छ ।

बजेट,नीति तथा कार्यक्रम कसरी आउने हो ठेगान छैन । परिस्थिति क्रमशः नहुने चुनावतिर केन्द्रित हुन लागेको बताइन्छ ।

टिप्पणीहरू