जसपाले अब किन केपीलाई समर्थन गर्दैन ?

जसपाले अब किन केपीलाई समर्थन गर्दैन ?

जनता समाजवादी पार्टीले शुरुमा जे जे आश्वासन दिए पनि दुबै पक्ष मिलेर अन्ततः केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । तर,चुनावी सरकारमा भने सामेल हुने सम्भावना छ ।

जसपाको महन्थ,राजेन्द्र समूहका अनुसार केपी ओली नेतृत्वको सरकारले नै चुनाव गराउने हो । विश्वासको मत नपाएपछि गठन हुने संविधानको धारा ७६ (५) अनुसारको केपी ओलीको सरकारमा उनीहरु सामेल हुने रोडम्याप रहेको बताइन्छ ।

स्रोत भन्छ ‘जे रोडम्याप हो उनीहरु त्यसैमा हिँडेका छन् । अन्ततः मुलुकलाई जसरी भएपनि चुनावमा लैजाने नै रोडम्याप हो । कम्युनिष्टको उग्रबाहुल्य भएको संसद विघटन गरेर चुनावमा लैजाने दक्षिणको चाहनालाई मूर्त रुप दिने जसपाको उक्त समूहको भित्री उद्देश्य हो ।’

यसबीच नेपाली काँग्रेसका एकथरी नेताहरु भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि अघि बढ्नुपर्ने बताउन थालेका छन् । उनीहरुले यसपटक पनि प्रधानमन्त्री नबने ८० वर्षका ठाकुरले अब कहिले,के पाउने भनेर प्रश्न गरेका छन् ।

तर, दक्षिणको आदेशमा जे भनिएको छ,त्यहि रोडम्यापअन्तर्गत हिँडिरहेका महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीको आशमा देखिँदैनन् । उनीहरुले किस्ताबन्दीमा बोल्दै ओली सरकालाई अहिले विश्वासको मत नदिने मात्र भनेका हुन् ।

विश्लेषकहरुका अनुसार जसपाकै टेकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउनु नै थियो भने दक्षिणको मित्रले यति धेरै राजनीतिक नौटंकी नै गर्नुपर्ने नै थिएन । त्यसैले ओली सरकारलाई जसपाको विश्वासको मत प्राप्त नहुने निश्चित हो ।

यसो गर्नुको अर्थ केपीलाई नफकाएसम्म चुनावमा जाने परिस्थिति नबनेकाले यी सबै फण्डाको खेल खेलिएको हो । भारतको निचोडमा अब हुने चुनावपछि मिलिजुली सरकार बन्नुपर्ने परिस्थितिको निर्माण हुने छ ।

त्यसपछि जे गर्न पनि बाटो खुल्ने भएकाले हाइसञ्चोको रोडम्यापमा जसपालाई हिँड्न लगाइएको भारत-नेपाल सम्बन्धका एकजना विश्लेषकको समेत टिप्पणी छ ।

टिप्पणीहरू