बिदेशी लड़ाकु विमान खसाल्ने नयाँ प्रविधि पत्ता लाग्यो (भिडियो सहित)

बिदेशी लड़ाकु विमान खसाल्ने नयाँ प्रविधि पत्ता लाग्यो (भिडियो सहित)

इजरायलले आफूमाथि आक्रमणको लागि हान्निएर आएका टर्की र लिबियाका दर्जनौं लड़ाकु विमानमाथि नै जमिनबाट लेजर गाइडेड प्रत्याक्रमण गरेको भन्दै यसखाले भिडियो बाहिर आएको छ ।

इजरायलले रातको समय आएका विमान खसालेको भिडियोमा देख्न सकिन्छ । यो कुन ठाउँ र कुन मितिको भन्ने खुलेको छैन ।

विपरित दिशाबाट आएका ती लडाकु विमानलाई शुरुमा एक एक गरी लेजर आक्रमणबाट खसालेको र पछि दर्जनौं विमानलाई एकैपल्ट ध्वस्त बनाएको दाबी गरिएको छ ।

लेजर गाइडेड प्रत्याक्रमणको भिडियो सार्वजनिक भएपछि इजरायल र प्यालेष्टाइनबीचको युद्ध थप चर्किने अनुमान गरिएको छ ।

इजरायल र प्यालेष्टाइनबीच भइरहेको पछिल्लो आक्रमणमा अन्य देशका मुस्लिम समुदाय प्यालेष्टाइनको पक्षमा उभिन थालेका छन् भने सँधैझैं इजरायलको पक्षमा अमेरिका खडा छ ।

https://www.youtube.com/watch?v=uK0Q1APcrag

टिप्पणीहरू