मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित भित्री सडकमा से.२प ८३०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय १६ वर्षीय आशिष नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार स्थानीय ८ वर्षीय नरेश खत्रीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

टिप्पणीहरू