हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

मोरङको रंगेली नगरपालिका–३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान २४ वर्षीय बेचन यादवसहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिकाको तिलुवा चोकको नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेको थियो ।

उक्त शव फेला परेपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू