आज पनि प्रहरीले २ सय १३ वटा अक्सिजन सिलिन्डर बटुल्यो

आज पनि प्रहरीले २ सय १३ वटा अक्सिजन सिलिन्डर बटुल्यो

नेपाल प्रहरीको सक्रियतामा आज पनि २ सय १३ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । तीमध्ये १ सय ४७ वटा अक्सिजन भरिएका र ६६ वटा रित्तो सिलिन्डर हुन् ।

आज संकलित २ सय १३ वटा र यसअघिको मौज्दात १ सय १५ वटा गरी जम्मा ३ सय २८ वटा सिलिन्डरमध्ये बुधबार ३ सय ४ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी २४ वटा सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने बताइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा राखिएका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार ३ सय ५३ वटा सिलिन्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ ।

टिप्पणीहरू