जनमोर्चाले बादललाई भोट नदिने

जनमोर्चाले बादललाई भोट नदिने

भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले संयुक्त गठवन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई भोट दिने भएको छ ।

जनमोर्चाले आज एक विज्ञप्ति जारी गर्दै प्रतिगमनविरोधी उम्मेदवारलाई जिताउने पार्टीको नीति भएकाले देवकोटालाई समर्थन गर्ने जनाएको हो ।

‘प्रतिगमनलाई परास्त गर्न प्रतिगमनविरोधी उम्मेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमनविरोधी शक्तिहरूको साझा उमेदवारको रुपमा अगाडि सार्ने निर्णय लिएका छौं “अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रका तर्फबाट चुनाव जित्नुभएका गृहमन्त्री रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि रिक्त बाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य पदमा भोलि उपनिर्वाचन हुँदैछ । तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एमालेको प्रधानमन्त्री पक्षले थापालाई उम्मेदवार बनाएको छ भने काँग्रेस,माओवादी केन्द्र,जसपा र एमालेको माधव नेपाल पक्षले देवकोटालाई अघि सारेको छ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन् ।

बागमतीमा एमालेको एकल बहुमत छ । तर माधव नेपाल पक्षकै जोडबलमा उम्मेदवार बनाइएका देवकोटालाई सो पक्षले भोट दिँदा ओलीपक्षीय उम्मेदवारलाई जीत निकाल्न कठिन रहेको बताइन्छ ।

टिप्पणीहरू