संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको छलफलमा विपक्षी झिकाउन सर्वोच्चको आदेश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको छलफलमा विपक्षी झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख २१ गते जारी भएको संवैधानिक परिषद्सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारीको लागि सर्वोच्च अदालतमा परेको रिट निवेदनउपर जेठ १७ गते हुने छलफलमा विपक्षीहरुलाई झिकाउन आदेश दिएको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज उक्त आदेश गरेको हो । अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासमेतले उक्त अध्यादेश कार्यान्वयन नगराउन राष्ट्रपतिको कार्यालय, शीतल निवासलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै रिट हाल्नुभएको थियो ।

आदेशमा विपक्षीलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नसमेत भनिएको छ ।

टिप्पणीहरू