आज ह्वात्तै बढ्यो मृतक संख्या, संक्रमणबाट २ सय ४६ को निधन

आज ह्वात्तै बढ्यो मृतक संख्या, संक्रमणबाट २ सय ४६ को निधन

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमका अनुसार उक्त अवधिमा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी आज गरिएको परीक्षणमा ८ हजार ६४ जनामा पीसीआर तथा १ सय ९ जनामा एन्टिजेन पोजिटिभ फेला परेको हो ।

आज ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् । प्रवक्ताका अनुसार आज काठमाण्डौमा १ हजार ९ सय ८८, ललितपुरमा २ सय ७० तथा भक्तपुरमा २ सय २८ जना गरि कुल २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । आज ८ सय ५४ जना क्वारेण्टिनमा रहेका छन् ।

टिप्पणीहरू