काँग्रेस र माओवादीको आकस्मिक बैठक

विकसित राजनीतिक घटनाक्रमको विश्लेषण,सिंहावलोकन र आगामी रणनीति तय गर्न प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्र बैठकमा व्यस्त भएका छन् ।

नेपाली काँग्रेस दिउँसो सवा ३ बजेदेखि नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको संसदीय दलको बैठकमा व्यस्त छ ।

बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा,दिलेन्द्र बडु,बालकृष्ण खाँड,सशांक कोइराला, प्रकाशमान सिंह,तारादेवी भट्टलगायत झण्डै दुई दर्जन नेता तथा सांसदहरु सहभागी हुनुहुन्छ ।

उता नेकपा माओवादी केन्द्रले पनि सोही समयमा पार्टी मुख्यालय, पेरिस डाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा,जनार्दन शर्मा,वर्षमान पुन,गिरिराजमणि पोखरेल,पम्फा भुसाल,शक्ति बस्नेत,लीलामणि पोखरेल,मातृका यादवलगायत झण्डै एक दर्जन नेताको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू