ट्राफिकलाई घुस दिँदा चालक फन्दामा

ट्राफिकलाई घुस दिँदा चालक फन्दामा

भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्दा एक जना पक्राउ परेका छन् ।

सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४३ वर्षीय शेरबहादुर भुजेल पक्राउ परेका हुन् ।

जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश-०३-००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू